युएईमा शुरु भयो चिसो मौसम

युएई । युएईमा बुधबार (२२ डिसेम्बर) देखि जाडो मौसम सुरु भएको छ।
खगोल विज्ञान तथा अन्तरीक्ष विज्ञानका लागि अरब युनियनका सदस्य तथा प्रमुख खगोलविद इब्राहिम अल जारवानले यूएईका बासिन्दाले बुधबार (२२ डिसेम्बर) देखि चिसो तापक्रम महसुस गर्न सक्ने बताएका छन्। उनका अनुसार ४० दिनसम्म युएईमा चिसो महसुस हुनेछ।
खगोलविदका अनुसार २१ डिसेम्बरमा वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात रहेको बताइएको छ।
यसैसन्दर्भमा, पछिल्ला दिनहरुमा देशभरको तापक्रममा उल्लेख्य कमी आएको बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर