मलेसियामा रहेका अबैधानिक कामदारहरुको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि थप

मलेसियामा रहेका अबैधानिक कामदारहरुको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि थप

क्वालालम्पुर । मलेसियन सरकारले अबैधानीक रुपमा रहेका कामदारहरुका लागि ल्याएको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि बढाईएको छ । मलेसिया अध्यागमनले आज (बिहीवार) जारी गरेको विज्ञप्ती अनुसार सो कार्यक्रम ३० जुन २०२२ सम्म विस्तार गरिएको छ। मलेसिया सरकारको २२ डिसेम्बरमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णयलाई स्वीकृत गरेको हो ।

यस अघि २०२० डिसेम्बर देखि डिसेम्बर २०२१ सम्म लागु भएको यस कार्यक्रम मार्फत कुल १९२,२८१ गैरकानुनी आप्रवासीहरू स्वेच्छिक रूपमा घर फर्कन दर्ता गराएका छन् । जसमा तीन देशहरू सबैभन्दा बढी संख्यामा इन्डोनेसिया (९९,०४७), बंगलादेश (२६,८२१) र भारत (२३,८४४) रहेका छन्। यो संख्यामध्ये कुल १,६२,८२७ गैरकानुनी आप्रवासीहरू आ–आफ्नो देशमा फर्किएका छन्।

यस कार्यक्रम मार्फत मलेसियामा कार्यरत अबैधानिक नेपालीहरु पनि घर फर्किएका छन । टिकट काटने पैसा नभएका र भिसा लगाउन समय नपुगेकालाइ कामदारहरुलाई मलेसिया सरकारको यो निर्णयले थप राहत दिएको छ ।