विवेकशीलबाट रञ्जु दर्शना बाहिरिइन्

विवेकशीलबाट रञ्जु दर्शना बाहिरिइन्

काठमाडौं । काठमाडौं महानगरपालिकाको चुनाव लडेर चर्चामा आएकी रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छिन्। उनले पार्टीको मूल नेतृत्वसँग असहमति जनाउँदै बिहीबार विज्ञप्ती नै सार्वजनिक गर्दै पार्टी परित्यागको घोषणा गरेकी हुन्। उनले पार्टीको मूल नेतृत्वलाई ढोगी भनेकी छिन्। उनले अब आफू सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्र सक्रिय रहने बताएकी छिन् ।

उनले भनेकी छन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ । विवेकशील साझा पार्टीको सचिवालय सदस्य पदमा रहेकी दर्शनाले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर पनि पार्टी परित्याग गरेको जानकारी दिएकी छिन् । उनले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा ‘अधिकतम ढोंग’ पाएको उल्लेख गरेकी छिन

दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् । उनी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारसमेत बनेकी थिइन् । निर्वाचनमा उनी तेस्रो स्थानमा रहिन् ।