एनआरएनए क्यानाडाद्धारा क्रिकेट टिमका मुख्य प्रशिक्षकको बिदाइ

एनआरएनए क्यानाडाद्धारा क्रिकेट टिमका मुख्य प्रशिक्षकको बिदाइ

टोरन्टो। नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षकमा दोस्रो कार्यकाल सम्हाल्न जान लागेका पुबुदु दाशनायकेलाई बिदाइ गरिएको छ। नेप्लिज क्यानेडीयन क्रिकेट क्लब र एनआरएनए क्यानाडाले आयोजना गरेको विशेष कार्यक्रममा उनलाई बिदाइ गरिएको हो।

टोरन्टोको ब्राम्पटनस्थित एभरेस्ट तेक्वान्दो क्लबमा आयोजित कार्यक्रममा उनको विदाइ गर्दै आगामी कार्यकाल सफलताको कामना पनि गरिएको थियो।

एनआरएनए क्यानाडाका अध्यक्ष दिपक गौतम, पूर्वअध्यक्षद्वय गोपीकृष्ण काफ्ले र अनिल थापा, क्यानेडीयन नेप्लीज क्रिकेट क्लबका किरोज श्रेष्ठ, इमरान खानलगायतले शुभकामना व्यक्त गरेका थिए।

नेपाल क्रिकेट संघ (क्यान) को मंसिर २५ गते शनिबार बिहान बसेको बैठकले उनलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। २०१४ को विश्वकप खेल्दा नेपालका प्रशिक्षक रहेका दाशनायकेलाई नै क्यानले फेरी प्रशिक्षकका जिम्मेवारी दिएको हो। यसअघि उनी सन् २०११ देखि २०१५ सम्म नेपाली टिमको प्रशिक्षक थिए।