चीनका सबैभन्दा ज्येष्ठ नागरिकको निधन

चीनका सबैभन्दा ज्येष्ठ नागरिकको निधन

एजेन्सी । चीनका सबैभन्दा ज्येष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ ।

स्थानीय अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो ।

उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उनी सन् २०१३ देखि देशको सबैभन्दा ज्येष्ठ नागरिक घोषित भएकी थिईन ।

निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरूले जानकारी दिएका छन् । उनी सधैँ हासी, खुसी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्थिन,” उनका एक आफन्तले भने ।

उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो ।