इराकमा दुई नेपालीको दुःखद निधन

इराकमा दुई नेपालीको दुःखद निधन

इराक। इराकमा दुई नेपालीको गत शुक्रबार निधन भएको छ। इराकको कुर्दिस्तानस्थित अर्बिल भन्ने ठाउँमा कार्यरत दोलखा जिल्ला विगु गाउँपालिकाका पाल्देन शेर्पा र मोरङ जिल्ला लेटाङ–४ का औराज राईको शुक्रबार बिहान निधन भएको हो।

उनीहरूको निधन कुर्दिस्तानको अर्बिलमा आएको बाढीमा परी मृत्यु भएको यहाँ कार्यरत नेपालीले पुष्टीसमेत गरेका छन्। सुलेमानीमा रहेको कुर्दिस्तान प्रवासी नेपाली समाजले घटनाप्रति दुःख व्यक्त गर्दै उनीहरूको निधन दुबैजना बसेको सवारी साधन बाढीले बगाउँदा घटना भएको प्रष्ट पारेको छ। उनीहरू कम्पनीको गाडीमा स्टोरसम्म जाँदै थिए। यतिबेलै अविरल परेको बर्षाका कारण गाडी डुबानमा पर्दा उनीहरूको असमायिक निधन भएको हो। उनीहरूको पोस्टमार्टम भएको र मृत्य शरीर शबगृहमा राखिएको बताइएको छ।

लेटाङ निवासी राई एक साताअघि मात्र इराक पुगेका थिए। यस्तै, दोलखाका शेर्पा केही महिनाअघि मात्र इराक पुगेको कुर्दिस्तान प्रवासी समाजले जानकारी दिएको छ।