एनआरएनए कतारद्वारा अलपत्र श्रमिकलाई खाद्यान्न सहयोग

एनआरएनए कतारद्वारा अलपत्र श्रमिकलाई खाद्यान्न सहयोग

दोहा । कम्पनीले तलब नदिएर अलपत्र श्रमिकलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले खाधान्न सहयोग गरेको छ।

कतारको सनैयास्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा नेपालबाट आएको २ महिनासम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपालीलाई मंगलबार एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न वितरण गरेको प्रवक्ता सन्तोष क्षेत्रीले जानकारी दिएका छन्।

नेपालस्थित ओसो रिक्युटिङ्ग एजेन्सी नामक मेनपावरबाट आएका उनीहरु काम गरेर पनि कम्पनीले तलब नदिएपछि समस्या परेका थिए।

एनआरएनए कतारका द्दितिय उपाध्यक्ष तथा श्रमिक विभागका संयोजक प्रमे चलाउने, सचीव दिपजंग शाह, प्रवक्ता सन्तोष क्षत्री, कार्यसमिति सदस्य अग्निधर देवकोटा, जागौ नेपाल अभियानका प्रवास संयोजक सन्तोष तिमिल्सिना र सदस्य नवराज रेग्मीको उपस्थितमा पीडित श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको हो।

यस्तै प्रवक्त क्षेत्रीले कतारमा कसैलाई खाद्यान्नको अभाव वा अन्य कुनै समस्या परेमा संघमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।