ओमनको स्वास्थ्य मन्त्रालयद्वारा ‘शिफा’ मोबाइल एप्लिकेसन सार्वजनिक

ओमनको स्वास्थ्य मन्त्रालयद्वारा ‘शिफा’ मोबाइल एप्लिकेसन सार्वजनिक

मस्कट। ओमनको स्वास्थ्य मन्त्रालयले ‘शिफा’ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ। सो एप्लिकेसनमार्फत विभिन्न स्वास्थ्य संस्थाहरुमा विरामीको स्वास्थ्य सम्बन्धी अवस्थालाई सहज र सरल तरिकामा प्रस्तुत गरिनेछ। यसमा सबै चिकित्सकीय जानकारी सुरक्षित हुने हुनाले विशेष खालको ईलेक्ट्रोनिक एप्लिकेसन भएको बताइएको छ।

ओमनी नागरिक तथा विदेशीको व्यक्तिगत स्वास्थ्य रेकर्ड प्रदान गर्ने यस एप्लिकेसनको लक्ष्य रहेको बताइएको छ । यस एपको माध्यमबाट स्वास्थ्य संस्थामा दर्ता भएको मेडिकल डाटा प्राप्त गर्न सकिनुका साथै बिरामी र स्वास्थ्य संस्थाबीच बिध्युतिय माध्यमबाट सेवा आदानप्रदान गर्न मद्दत गर्ने बताइएको छ।

त्यस्तै, यस एपले स्वास्थ्य सेवा प्रदायकबाट स्वास्थ्य जानकारी र परामर्श लिन सकिने प्लेटफर्म प्रदान गर्ने बताइएको छ। यसले विरामीको स्वास्थ्य अभिलेख, प्रयोगशाला अनुसन्धान, रोग पहिचान, खोप लगायत उपचार पद्धति सहित पटकपटकको जाँच तथा रेफर जस्ता अन्य विवरण पनि उपलब्ध गराउनेछ।

त्यसैगरी यस एपको प्रयोगबाट अङ्गदान सम्बन्धी विवरण पनि हेर्न सकिनेछ।

‘शिफा’ एप्लिकेसनलाई एपस्टोर, गुगल प्ले वा हुवावे एप ग्यालोरी लगायत अधिकांश स्टोरबाट डाउनलोड गर्न सकिने बताइएको छ। सिभिल नम्बरलाई स्वास्थ्यसंस्थामा भएको मेडिकल रेकर्ड एद्वारा सक्रिय गराएपछि यस एपलाई प्रयोगमा ल्याउन सकिने बताइएको छ।

ओमन प्रदर्शनी तथा सम्मेलन केन्द्रमा मन्त्रिपरिषद्का महासचिव शेख अल फदल बिन मोहम्मद अल–हार्थीको नेतृत्वमा भएको १०औँ फर्मास्युटिकल केयर सम्मेलनको निकटमा सो एप्लिकेसनको लन्च गरिएको बताइएको छ।