अवैध मदिरा कारखाना सञ्चालन गर्ने दुई नेपाली कुवेत प्रहरीको नियन्त्रणमा

अवैध मदिरा कारखाना सञ्चालन गर्ने दुई नेपाली कुवेत प्रहरीको नियन्त्रणमा सांकेतीक तस्वीर

कुवेत । कुवेतमा अवैध मदिरा कारखाना सञ्चालन गर्दै आएका दुई नेपाली पक्राउ परेका छन्।

कुवतेको गृह मन्त्रालयलाई गराइएको जानकारीअनुसार सुलैबिया क्षेत्रको एक घरमा २४ वर्ष र २७ वर्षका दुई नेपालीले मदिरा कारखाना सञ्चालन गर्दै आएका थिए। त्यसलगत्तै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। सो मदिरा कारखाना सञ्चालनमा कुवेतको औषधि नियन्त्रण विभागमा कार्यरत एक ५४ वर्षीय सैनिकको हात रहेको समेत बताइएको छ।

गृहमन्त्रालयले त्यहाँ छापा मार्ने क्रममा चोरी गरिएका हुन सक्ने २६ वटा भेडा, एक थान पेस्तोल, ४ थान क्लिप, १०० थान गोली, ४८ ब्यारेल भरिएको स्वदेशी मदिरा, ८ थान आयातित मदिराका बोतल, कार्टुन, झोला,मदिरा उत्पादन गर्न प्रयोग हुने सामग्री बरामद भएको छ । त्यस्तै, बोक्सीविद्या (टुनामुना) गर्न प्रयोग हुने शङ्कास्पद उपकरण पनि फेला परेको बताइएको छ।

पक्राउ गरिएका ती सबै अभियुक्तहरुको सन्दर्भमा थप अनुसन्धान भइरहेको बताइएको छ।