एनआरएनए चुनाव : प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी कानूनविद बन्जरालाई

एनआरएनए चुनाव :  प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी कानूनविद बन्जरालाई

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद भिमसेन बन्जरा नियुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार उनलाई संघको १० औं महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित आइतवार सो पदमा नियुक्ति गरिएको हो।

बनेपा स्थाईघर भएका बन्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र सर्वोच्च अदालतका अधिवक्ता हुन्।

यसअघि प्रमुख निर्वाचन आयुक्त लिलामणी पौडेलले आफ्नो कार्यव्यस्तताका कारणले सो पदबाट राजीनामा दिए पछि बन्जरालाई नियुक्त गरिएको हो।

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरुप पन्तले नयाँ आयुक्त तोकेका हुन्।

गैरआवासीय नेपाली संघको निर्वाचन डिसेम्बर २६ र २७ तारिख अनलाइन मार्फत हुदैछ। संघको नेतृत्वको लागि डिसेम्बर १६ र १७ तारिख मनोनय दर्ता हुदैछ।