‘दुबई एक्स्पो’मा लाङघाली संगित संसारको धमाकेदार प्रस्तुती

‘दुबई एक्स्पो’मा लाङघाली संगित संसारको धमाकेदार प्रस्तुती

दुबई । यूएईमा चलिरहेको ‘दुबई एक्स्पो–२०२०’ मा लाङघाली संगित संसार यूएईले धमाकेदार प्रस्तुती प्रस्तुत गरेको छ।

शुक्रबार ‘दुबई एक्स्पो’को नेपाल पेविलियन (स्टल परिसर) मा लाङघाली संगित संसारमा आवद्ध मगर समुदायका कलाकारले आफ्नो कला संस्कृति, भेषभुषा, शैली र रहनसहन प्रर्दशन गरेका हुन्।

कार्यक्रममा कलाकारले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए। यस्तै धुन पनि बजाइएको थियो । कलारकाले मगर संस्कृति मात्रै नभइ सम्पूर्ण नेपाली संस्कृतिको प्रतिनिधित्व गरेका थिए।

‘दुबई एक्सपो–२०२०’ संसारकै ठूलो प्रर्दशनी हो। अहिले यहाँ संसारभरका पर्यटकको बाक्लो उपस्थिति छ । ‘दुबई एक्सपो’मा नेपाली टोलीको नेतृत्व इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी)ले गरिरहेको छ । नेपाली कला र संस्कृतिलाई विश्वमाझ चिनाउन एक्स्पोमा नेपालको मौलिक विविधता झल्काइएको छ।

आदिवासी जनजाति महासंघ यूएईका संरक्षक तथा एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले कार्यक्रमको नेतृत्व गरेका थिए। शेर्पाकै नेतृत्वमा प्रत्येक शुक्रबार जनजाति महासंघमा आवद्ध संघ–संस्थाले आ–आफ्नो संस्कृति प्रस्तुत गर्दै आएका छन् । यसअघि किरात राई यायोक्खा समूह, किरात थाक्थुम चुम्लुङ, मगर र थारु कल्याणकारी, तमु प्येल्हुलगायतका संस्थाले आफ्नो प्रस्तुती दिइसकेका छन्।

यो पनि पढ्नुहोस्

 

‘दुबई एक्सपो’मा झल्कियो नेपालको मौलिक संस्कृति

‘दुबई–एक्स्पो’ मा ‘नेपाल–डे’ मनाइने

‘दुबई एक्स्पो’मा ‘नेपाल’ घन्कियो, पञ्चेबाजा र कौडा नाचले विदेशी चकित

दुबई एक्स्पो–२०२० मा किरात थाक्थुम चुम्लुङ र थारुकाे मौलिक कला संस्कृति प्रदर्शन

‘दुबई एक्स्पो’मा गुरुङ जातिको संस्कृति र कला प्रर्दशन



No ads found for this position