अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्दा दक्षिण मेक्सिकोमा ट्रक दुर्घटनाग्रस्त, ५४ जनाको निधन

अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्दा दक्षिण मेक्सिकोमा ट्रक दुर्घटनाग्रस्त, ५४ जनाको निधन तस्वीर : एपी

मेक्सिको सिटी — अवैध रुपमा अमेरिका छिर्ने तयारीमा रहेका आप्रवासी श्रमिक दक्षिणी मेक्सिकोमा ट्रक दुर्घटना पर्दा ५४ जनाको मृत्यु भएको छ भने बाँकी सयभन्दा बढी घाइते भएका छन् । मध्य अमेरिकाबाट आएका आप्रवासीहरू चढेको ट्रक चियापास राज्यमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा ४९ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मेक्सिकोमा हालसम्म भएका ठूला र खतरनाक दुर्घटनामध्ये उक्त दुर्घटना पनि एक हो।

ट्रकमा सवार १०५ जना घाइतेमध्ये ८३ पुरुष र २२ महिला रहेको बताइएको छ। अन्तर्राष्ट्रिय मिडियाले ट्रकमा यात्रा गरेका अधिकांश मानिस होन्डुरस र ग्वाटेमालाका बासिन्दा रहेको बताएको छ।

दुर्घटनास्थल चियापास छिमेकी मुलुक ग्वाटेमालासँगको सीमा क्षेत्रसमेत हो। यस क्षेत्रबाट अवैध रुपमा अमेरिका प्रवेश गर्न २५ सयदेखि ३५ सयसम्म पैसा मानवतस्करलाई बुझाउने गरिएको बताइएको छ।

 



No ads found for this position