सारजाहाका कर्मचारीले हप्तामा तीन दिन बिदा पाउने

सारजाहाका कर्मचारीले हप्तामा तीन दिन बिदा पाउने

सारजाहा। यूएईको सारजाहा राज्यका सरकारी कर्मचारीले अब हप्ताको चार दिन मात्र काम गरे पुग्ने भएको छ।

सारजाहा सरकारले चार दिनको कार्य सप्ताह (वोर्किङ विक) को घोषणा गरेको हो। जसअनुसार, अबदेखि यहाँस्थित कर्मचारीले सोमबारदेखि बिहीबारसम्म काम गर्नेछन् भने शुक्रबार, शनिबार, र आइतबार सप्ताहन्तको रुपमा बिदा पाउनेछन्।

सर्वोच्च परिषदका सदस्य तथा सारजाहाका शासक महामहिम शेख डा. सुल्तान बिन मुहम्मद अल–कासिमीले जारी गरेको निर्देशनअनुसार यो निर्णय गरिएको हो। इमिरेट्सको कार्यकारी परिषद्ले विस्तृत अध्ययन गरेपछि सो निर्णयको घोषणा गरिएको बताइएको छ।

नयाँ कार्यतालिका अनुसार शारजाहका सरकारी कर्मचारीहरुले अब देखि काम गर्ने दिन (वोर्किङ डेज्) मा बिहान ७ : ३० देखि दिउँसो ३ : ३० सम्म काम गर्नेछन्। यो निर्णय १ जनवरी, २०२२ देखि लागू हुने बताइएको छ।

स्मरण रहोस् यूएई सरकारले भने यसअघि शुक्रबारको आधा दिन, शनिबार पूरा दिन, र आइतबार पूरा दिनलाई सप्ताहन्तमा रुपान्तरण गर्ने घोषणा गरेको थियो। सो अनुसार साढे चार दिनको कार्यसप्ताह तोकिएको थियो। सारजाहमा शुक्रबारसहित शनिबार र आइतबार पनि पूरै दिन नै बिदा हुनेछ।