कुवेतमा अवैध घरेलु श्रमिकहरुलाई शरण दिने व्यक्ति पक्राउ

कुवेतमा अवैध घरेलु श्रमिकहरुलाई शरण दिने व्यक्ति पक्राउ File Photo

कुवेत सिटी । कुवेतमा अवैध घरेलु श्रमिकहरुलाई शरण दिने एक व्यक्तिलाई पक्राउ गरिएको छ।

कुवेत सरकारको आन्तरिक मन्त्रालयका सुरक्षाकर्मीहरुले पाँच जना अबैध घरेलु श्रमिकहरुलाई शरण दिएको र उनीहरुलाई घन्टाको आधारमा काम खोजिदिएको आरोपमा एक एसियाली मुलका अपरिचित व्यक्तिलाई पक्राउ गरेका हुन्।

ती ६ जना व्यक्तिहरुलाई नै देशनिकाला गर्नका लागि सम्बन्धित निकायमा पठाइएको बताइएको छ।

(स्रोत : अल–राई दैनिक)



No ads found for this position