कुवेतमा पनि ‘ओमिक्रोन’ देखियो

कुवेत सिटी। कुवेतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुल्लाह अल–सनदका अनुसार अफ्रिकी मुलुकबाट आएका यात्रुमा ‘ओमिक्रोन’को लक्षण देखिएको हो।
‘ओमिक्रोन’ फेला परेका यात्रुले यसअघि कोरोना भ्योक्सिनको दोस्रो डोज लिइसकेका अनुसन्धानबाट खुलेको छ। त्यसैले सरकारले भ्याक्सिनको बुस्टर डोज लिन सबैसँग आग्रह पनि गरेको छ।
‘ओमिक्रोन’ पोजेटिभ देखिएका यात्रुलाई आइसोलेसनमा राखेर निगरानी भइरहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।
ताजा अपडेट

प्रवास खबर
गुल्मीमा भारतीय नागरिकको हत्या

प्रवास खबर
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

प्रवास खबर