बिल गेट्सद्धारा मानवीय कार्यका लागि कतारी अमिर शेख थानीको उच्च प्रशंसा

बिल गेट्सद्धारा मानवीय कार्यका लागि कतारी अमिर शेख थानीको उच्च प्रशंसा

दोहा। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबार आफ्नो कार्यालय अमिरी दिवानमा माइक्रोसफ्टका सह(संस्थापक तथा ‘बिल एण्ड मेलिन्डा गेट्स’ फाउन्डेसनका सह(अध्यक्ष बिल गेट्सलाई स्वागत गरेका छन्।

बैठकको प्रारम्भमा बिल गेट्सले विश्वभर मानवीय र विकास कार्यहरूमा विशेष गरी अफगान जनताको समर्थनमा मानवीय प्रयासहरूका लागि अमिरलाई धन्यवाद र प्रशंसा व्यक्त गरेका थिए।

भेटमा दुई पक्षबीच विद्यमान सहयोग सम्बन्ध र त्यसको विकासका सम्भावनाका साथै पारस्परिकहितका विभिन्न विषयमा छलफल भएको थियो।



No ads found for this position