यूएई सातामा साढे ४ दिन मात्र काम लगाउने विश्वको पहिलो राष्ट्र बन्दै

यूएई सातामा साढे ४ दिन मात्र काम लगाउने विश्वको पहिलो राष्ट्र बन्दै

दुबई। युनाइटेड अरब इमिरेट्स (यूएई) कामको विषयमा विश्वव्यापी पाँच दिने सप्ताहको अन्त्य गर्दै साढे ४ दिन बनाउने घोषणा गरेको छ। आगामी वर्षदेखि यूएईले यो व्यवस्थालाई तर्जुमा गर्न लागेको हो। सातामा साढे चार दिन काम गर्ने परिपाटी लागू गरेपछि यूएई यस्तो व्यवस्था लागू गर्ने विश्वको पहिलो एक्लो राष्ट्र बन्ने छ।

उसले १ जनवरी २०२२ देखि लागू हुनेगरी सातामा साढे चार दिन काम गर्ने नयाँ परिपाटीको विकाश गर्न लागेको हो। यो निर्णय संघीय सरकारी निकायमा लागू हुनेछ।

नयाँ कानूनमा सोमबारदेखि बिहीबारसम्म काम गर्ने दिन बिहान ७ बजेर ३० मिनेटमा सुरु भएर साढे ३ बजे समाप्त हुनेछन्। शुक्रबार नमाज पढ्ने दिन भएका कारण बिहान साढे ७ बजे सुरु भएर १२ बजे सकिनेछ।

यस्तै यूएईका मस्जिदले शुक्रबारको नमाज दिउँसो १ बजेर १५ मिनेटपछि प्रवचन दिनेछन्। सरकारी कर्मचारीले शुक्रबार घरबाटै काम गर्ने व्यवस्था गर्न र काम गर्ने समय मिलाउन लचिलोपना अपनाइएको छ।

सरकारले जनताको कार्य(जीवन सन्तुलन र सामाजिक कल्याणलाई बढावा दिने प्रयास स्वरुप यो नियम लागू गर्न लागेको बताएको छ। यसले देशको आर्थिक प्रतिस्पर्धालाई अगाडि बढाउन पनि सहयोग गर्ने आशा गरिएको छ। खालीज टाइम्स



No ads found for this position