एनआरएनए चुनाव : निर्वाचन समितिद्वारा मतदाता नामवली प्रकाशन

एनआरएनए चुनाव : निर्वाचन समितिद्वारा मतदाता नामवली प्रकाशन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । संघको निर्वाचन समितिले सोमवार ६४ देशका करिब ३३ सय भन्दा बढी प्रतिनिधिको नाम प्रकाशन गरेको हो ।

निर्वाचन प्रकृया पूरा नगरेका यूके, अमेरिका, अष्ट्रेलिया, र जापानका २५ प्रतिशत प्रतिनिधिहरुको नाम भने प्रकाशन गरिएको छैन्। संघको विधान अनुरुप निर्वाचन प्रकृया वा आम सहमतिको आधारमा मतदाता नामावली प्रकाशन गर्न नसकेपछि ती देशका २५ प्रतिशत प्रतिनिधिहरु महाधिवेशनमा भाग लिन बन्चित भएका हुन्।

प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलद्धारा जारी सूचना अनुसार क्यानाडा, कोष्टारिका, अमेरिका, जापान, फिलिपिन्स, बेलारुस, साइप्रस, युके, यूएई, र अष्ट्रेलिया सदस्यता शुल्क केन्द्रमा नबुझाउने सूचीमा परेका छन् ।

एनआरएनएको नयाँ नेतृत्वका लागि आगामी पुस ११ र १२ (डिसेम्बर २६ र २७ तारिख) मा निर्वाचन हुनेगरी तालिका सार्वजनिक भइसकेको छ ।

निर्वाचन समितिका अनुसार तोकिएकै मितिमा निर्वाचन हुने छ । मंसिर २० मा मतदाता नामावाली प्रकाशन, २१ मा मतदाता नामावलीउपर दाबीविरोध, २४ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

यस्तै मंसिर २५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, २६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, २७ मा उम्मेदवारविरुद्ध दाबीविरोध, २८ मा उजुरीउपर निर्णय, २९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, पुस २ मा उम्मेदवारको मनोनयन पत्र फिर्ता गर्ने समय तोकिएको छ । त्यस्तै पुस ३ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

संघको १० औं महाधिवशेनका लागि अध्यक्ष पदमा बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ४८ पदाधिकारीका लागि हुने निर्वाचनमा करिब १ सय जनाले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

नामावली हेर्न यहाँ क्लिक गनुहोस्