निर्वाचनको वातावरण बनाऔं : डा. हेम राज शर्मा, महासचिव

निर्वाचनको वातावरण बनाऔं : डा. हेम राज शर्मा, महासचिव

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले सबैको आत्मसम्मान हुने गरि निर्वाचनको वातावरण तयार गर्न आग्रह गरेका छन्।

उच्च अदालत पाटनले आइतवार गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता दिने फैसलापछि शर्माले कानुनी सर्वोच्चतालाई स्वीकार गर्न आव्हान गरेका हुन्।

शर्माले अदालतको आदेशले पुर्वनिर्धारित समयमा निर्वाचन हुने बाटो खुलेको छ। अदालतको आदेशलाई कसैको जित र हारको रुपमा नलिइ संघभित्रका समस्याको समाधान खोज्न पुनः प्रयत्न गर्नु पर्ने प्रतिक्रिया दिए।

उनले अहिलेसम्म भएका घटनाहरुबाट पाठ सिक्दै आत्मसमीक्षा गरिने बताए।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, उम्मेदवार, संरक्षक, सल्लाहकार, संस्थापक, अग्रज, शुभचिन्तकहरुलाई एकता कायम गर्न आआफ्नो ठाउँबाट भूमिका खेल्न अनुरोध गरेका छन् ।