न्यायलयको आदेशले चुनावको वातावरण तयार भयो : अध्यक्ष पन्त

न्यायलयको आदेशले चुनावको वातावरण तयार भयो : अध्यक्ष पन्त

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई चुनाव गर्ने बाटो खुलेको छ।

परराष्ट्र मन्त्रालयले बदनियतपूर्ण रूपमा कुमार पन्तलाई अध्यक्ष पदबाट हटाएर सम्पूर्ण अधिकार संरक्षक परिषद्का प्रमुख शेष घलेलाई दिने निर्णय गरेपछि उच्च अदालत पाटनमा परेको रिटमाथि आइतबार बहस भएको थियो।

न्यायाधीसद्धय श्रीमण कुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले गरेको निर्णयमा निवेदक कुमार पन्तको पक्षमा अन्तरिम आदेश दिएपछि चुनावको बाटो खुलेको हो। पन्त परराष्ट्रको निर्णयविरूद्ध गत साता उच्च अदालत पाटन गएका थिए।

अदालतको निर्णय बाहिरिएपछि उनले एनआरएनएकर्मीलाई आश्वस्त पार्दै भने, ‘हस्तक्षेपरहित सबैको एनआरएन बनाउने कदमका निम्ति आजको दिन ऐतिहासिक छ। सबैमा हार्दिक वधाइ तथा न्यायलयप्रति हार्दिक आभार।’ न्यायलयको निर्णयले चुनावको बाटो खुलेको पन्तले प्रवास खबरसँग बताए।

यसअघि एनआरएनएले चुनावको घोषणा गरिसकेको अवस्थामा शेष घले र कुल आचार्यको टिमले परराष्ट्रमा उजुरी हाल्दै चुनाव बिथोलेका थिए। यसपछि पुनस् परराष्ट्रलाई प्रभावित पार्दै अध्यक्ष पन्तको कार्यकाल सकिएको भन्दै सम्पूर्ण अधिकार खोस्न खोजेका थिए।