एनआरएनएको मुद्धामा अध्यक्ष कुमार पन्तको पक्षमा फैसला

एनआरएनएको मुद्धामा अध्यक्ष कुमार पन्तको पक्षमा फैसला

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव रोक्ने तथा संरक्षक परिषदलाई जिम्मेवारी दिने परराष्ट्र मन्त्रालयको आदेशविरूद्ध उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले दर्ता गराएको मुद्धामा निवेदकको पक्षमा फैसला भएको उच्च अदालतको उप–रजिष्टार अमृता शर्माले प्रवास खबरलाई बताइन्।

‘निवेदकको पक्षमा अन्तरिम आदेश भएको छ,’ उनले भनिन्। आइतबार अदालतले दुवै पक्षलाई झिकाएर बहस पैरवी गरेको थियो। न्यायाधीसद्धय श्रीमण कुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले निवेदकको पक्षमा अन्तरिम आदेश जारी गरेको हो।