मलेसियामा पनि भेटियो ‘ओमिक्रोन’

मलेसियामा पनि भेटियो ‘ओमिक्रोन’

पेटलिङ जाया। मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। मलेसियाका स्वास्थ्य मन्त्र खाइरी जमालुद्धिनले यसको पुष्टी गर्दै गत बिहीबार मलेसियाको उत्तरपश्चिमी शहर इपोहस्थित एउटा व्यवसायिक विश्वविधालयमा अध्ययनरत दक्षिण अफ्रिकाका १९ वर्षीय युवामा ‘ओमिक्रोन’ को लक्षण पोजेटिभ फेला परेको बताए।

उनी १९ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट सिङ्गापुरको बाटो हुँदै मलेसिया भित्रिएका थिए। स्वास्थ्य मन्त्रीले क्वालालम्पुर अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रिने क्रममा उनको पिसीआर टेस्ट भएको र उनी इपोहस्थित विश्वविधालयले उपलब्ध गराएको क्वारिन्टिनमा बसेको जानकारी दिए। ‘क्वालालम्पुर विमानस्थलबाट इपोहतर्फ लाग्दा पनि विश्वविधालयले उनलाई विशेष गाडीको व्यवस्था गरेको थियो,’ शुक्रबार पत्रकार सम्मेलनमा मन्त्री जमालुद्धिनले बताए।

उनले ‘ओमिक्रोन’ को लक्षण देखिएका व्यक्तिसँग नजिकिएका व्यक्तिहरुको पनि पिसीआर टेस्ट भएको तर अन्यको रिपोर्ट नेगेटिभ आएको बताए।