कोरियाली नाबालिकालाई बलत्कार गर्ने नेपालीसहित बंगाली विधार्थी पक्राउ

कोरियाली नाबालिकालाई बलत्कार गर्ने नेपालीसहित बंगाली विधार्थी पक्राउ

सौल। दक्षिण कोरियाकी एक नाबालिक किशोरीविरूद्ध यौन हिंसा र बलात्कार गरेको आरोपमा नेपालीसहित बंगाली विधार्थीहरू पक्राउ परेका छन्।

ख्याङ्दोङ प्रहरीले जनाएअनुसार करिब ७० को हाराहारीमा स्थानीय विश्वविधालयका विधार्थीलाई बलात्कारको मुद्धामा मंगलबार पक्राउ गरिएको छ। प्रहरीले पक्राउ परेका ६९ विदेशी विधार्थीसँग सोधपुछ गरिसकेको र उनीहरू स्थानीय ख्याङ्दोङ विश्वविधालयका विधार्थी रहेको पुष्टी गरेको छ।

माध्यमिक तहमा अध्ययनरत ती किशोरीलाई गत डिसेम्बर यता सय पटक बलात्कार गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरीले नाबालिक किशोरीलाई सोसल मिडियामार्फत खाना र बाहिर घुम्न जाने प्रलोभन दिएर घर बोलाएको अनुसन्धानबाट खुलेको बताएको छ।

कोरियाको कानूनअनुसार १६ वर्षभन्दा मुनीको व्यक्तिलाई किशोरीको रूपमा ब्याख्या गरिएको छ। र, यो उमेर समूहका किशोरीसँग कुनै पनि यौनजन्य गतिविधिमा संलग्न पाइएको खण्डमा, त्यसलाई बाल हिंसाको रूपमा ब्याख्या गरिएको छ।

नेपाली र बंगाली विधार्थीले ती किशोरीलाई बलात्कार गरेको घटना त्यतिबेला बाहिरिएको थियो, जब किशोरीले गत अगस्टमा आफ्नो स्कुलकी शिक्षिका परमार्शदातासँग घटनाको विषयमा जानकारी दिएकी थिइन। प्रहरीले पक्राउ परेका ६९ जनै विधार्थीलाई विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। उनीहरूविरूद्ध अनुसन्धान जारी रहेको दक्षिण कोरियाको समाचार एजेन्सीले जनाएका छन्।