जापानका हवाइ कम्पनीलाई उर्दी– नयाँ टिकट बिक्रि नगर्नु

टोकियो। कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रेन’ संक्रमण पुष्टि भएपछि जापानको यातायात मन्त्रालयले नयाँ हवाई टिकट बिक्री नगर्न हवाई कम्पनीलाई आग्रह गरेको छ।
जापानले दुई दिनअघि मात्र विदेशीलाई आफ्नो देश प्रवेशका लागि अस्थायी रोक लगाएको थियो।
अफ्रिकी मुलुक नामिबियाबाट प्रवेश गरेका एक विदेशी मानिसमा ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएपछि जापानले यस्तो निर्णय गरेको हो। केहि दिनअघि जापानको नारिता अन्तर्राष्ट्रिय बिमानस्थलमा झरेका अर्का एक विदेशीलाई पनि संक्रमण पुष्टि भएको थियो। जापानमा हाल ‘ओमिक्रोन भेरिएन्ट’ बाट संक्रमित हुनेको संख्या २ पुगेको छ।
ताजा अपडेट

प्रवास खबर
कोरोना संक्रमणबाट एकै दिन ५ जनाको मृत्यु

प्रवास खबर