एनआरएनएको निर्वाचन तालिका सार्वजानिक

एनआरएनएको निर्वाचन तालिका सार्वजानिक

काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को निर्वाचन तालिका सार्वजानिक भएको छ । मंगलबार निर्वाचन आयुक्त लिलामणी पौडेलले संघको निर्वाचन तालिका सार्वजानिक गरेका हुन्।

सार्वजानिक तालिका अनुसार नयाँ नेतृत्वको लागि चुनाव आगामी २६ र २७ डिसेम्बरमा अनलाइनमार्फत हुनेछ । यस्तै महाधिवेशन भने २८ र २९ डिसेम्बरमा हुनेछ ।

यसअघि गत २३ अक्टुबरमा एनआरएनएको निर्वाचन घोषित गरिएको थियो। तर, मतदाता छनोटमा विवाद भएको भन्दै परराष्ट्रले चुनाव रोक्न आदेश दिएको थियो। परराष्ट्रले हस्तक्षेप गरेको भन्दै सरकारविरुद्ध संघका अध्यक्ष कुमार पन्तले मुद्दा दायर गरेका थिए । उच्च अदालत पाटनले पन्तको मुद्दाको पैरवी गर्दै परराष्ट्रको पत्र कार्यन्वयन नगराउन भन्दै अन्तरिम आदेश दिएपछि निर्वाचन समितिले निर्वाचन तालिका सार्वजानिक गरेको हो ।

यस्तो छ निर्वाचन तालिका