कतारद्वारा ५० वटा भेन्टिलेटर सहयोग

कतारद्वारा ५० वटा भेन्टिलेटर सहयोग

काठमाडौँ । कतार सरकारले कोरोना महामारीसँग जुध्न नेपाल सरकारलाई ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कतार फण्ड फर डेभलपमेन्टमार्फत भेन्टिलेटर पठाइएको हो । काठमाडौंस्थित कतारी दूतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीलाई सोमबार भेटिन्लेटर हस्तान्तरण गरेका थिए।

कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको पुर्‍याएको योगदानको सम्झना गर्दै नेपाललाई आवश्यक पर्दा साथ दिन कतार सदैव तयार रहेको बताए।

स्वास्थ्य मन्त्रालयका सहसचिव पवनजंग रायमाझीले कोरोना महामारीसँग जुध्न सुरूवातदेखि नै कतार सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । यी भेन्टिलेटर अति आवश्यक देखिएका सरकारी अस्पतालहरूलाई उपलब्ध गराइने उनले बताए।

कोरोना महामारी सुरू भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टड उडान, स्वास्थ्य सामग्री र कोरोना विरूद्धको खोप उपलब्ध गराएको थियो।