यूएईका राष्ट्रपतिद्वारा ‘नेशनल-डे’को अवसरमा ८ सय ७० कैदीबन्दीलाई आममाफी

यूएईका राष्ट्रपतिद्वारा ‘नेशनल-डे’को अवसरमा ८ सय ७० कैदीबन्दीलाई  आममाफी

दुबई । यूएईका विभिन्न जेलमा कैद सजाय भोगिरहेका ८ सय ७० कैदीबन्दीलाई थुनामुक्त गरिने भएको छ।

यूएईको ५०औं राष्ट्रिय दिवसको अवसरमा विभिन्न आरोपमा जेल जीवन बिताइरहेका ८ सय ७० जना कैदीबन्दीलाई थुनामुक्त गरिने भएको हो। यूएईका राष्ट्रपति शेख खालिफा बिन जायद अल नाह्यनले ती कैदीबन्दीहरुलाई थुनामुक्त गर्ने आदेश दिएका हुन्।

उनीहरुलाई सो अवसरमा क्षमायाचना दिँदै थुनामुक्त गरिएको र आफ्ना परिवारसँग दुःखकष्टलाई सहज बनाउँदै नयाँ जीवन बिताउन सन्देश दिइएको छ।

यस्तै विभिन्न अभियोगमा थुनामा परेका ती कैदीबन्दीको ऋण तथा जरिवाना शुल्क समेत मिनाहा गरिएको बताइएको छ।



No ads found for this position