५० औं राष्ट्रिय दिवस मनाउन यूएईमा तीन दिन छुट्टी

५० औं राष्ट्रिय दिवस मनाउन यूएईमा तीन दिन छुट्टी

दुबई। यूएई सरकारले यहाँको स्मृति दिवस तथा राष्ट्रिय दिवसको अवसरमा तीन दिन बिदा दिने भएको छ।

मानव संसाधनका लागि संघीय प्राधिकरणले संघीय कर्मचारीलाई १ डिसेम्बर बुधबारदेखि ३ डिसेम्बर शुक्रबारसम्म तीन दिनको बिदा दिन लागेको हो।

४ डिसेम्बर शनिबार सप्ताहन्त भएकोले सोसहित ती कर्मचारीले चार दिनको बिदा पाउने छन्। डिसेम्बर ५ बाट मात्रै सरकारी कार्यालयहरु सञ्चालन हुनेछ।

यूएईले यसवर्ष आफ्नो ५०औं राष्ट्रिय दिवसको अवसरमा स्वर्णजयन्ती मनाउँदै छ। जसकारण यस वर्षको राष्ट्रिय दिवसलाई विशेष रुपमा मनाइदैँछ ।

सो अवसरमा देशका विभिन्न स्थानमा गरी कम्तीमा पनि १२ स्थानमा शानदार रुपमा आतिशबाजीको आयोजना गरिने छ।