सरकारको हस्तक्षेपविरूद्ध एनआरएनए अदालतमा

सरकारको हस्तक्षेपविरूद्ध एनआरएनए अदालतमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्र जारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको हो ।

अध्यक्ष कुमार पन्तका अनुसार उच्च अदालत पाटनमा उत्प्रेषण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकार विरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको हो । सरकार विरुद्धको निवेदनमा दशौँ महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।