अन्टार्टिकामा पहिलो पल्ट विमान अवतरण

अन्टार्टिकामा पहिलो पल्ट विमान अवतरण

अन्टार्टिका। अन्टार्टिकामा पहिलो पल्ट विमान अवतरण भएको छ। पर्यटन क्षेत्रमा काम गर्ने एउटा कम्पनी हाई फ्लाईले एयरबस ए–३४० विमानलाई अन्टार्टिकामा सुरक्षित अवतरण गराएको हो।

यो इतिहासकै पहिलो घटना हो। ‘हाई फ्लाई ८०१’ विमानले २ नोभेम्बरमा दक्षिण अफ्रिकाको केप टाउनबाट विमान उडाएको थियो। पाँच घण्टाको अवधिमा विमान अन्टार्टिकामा अवतरण गरेको विदेशी मिडियाले बताएका छन्।

अन्टार्टिकामा विमान पु¥याउने अभियान लामो समयदेखि भइरहेको थियो। तर, हिउँका कारण सम्भव हुन सकेको थिएन। अहिले हिउँ कडा भएपछि सम्भव भएको बताइएको छ। विमान अवतरण हुँदा हिउँबाट ३ हजार फिट रनवे बनेको थियो। २९० यात्री क्षमताको २२३ फिट लामो विमानलाई अवतरण गराउन यसअघि २०१९ र २०२० का बीच ६ पल्ट ट्रायल गरिएको थियो।

‘हाई फ्लाई’ ले अन्टार्टिका ‘बुम’ हुँदै गएको पर्यटकीय क्षेत्र रहेको बताएको छ। कम्पनीले यहाँ अन्य प्रोजेक्टमा पनि काम गरिरहेको छ।