टर्कीबाट अवैध रूपमा युरोप प्रवेश गर्ने क्रममा मारिएका ५ नेपालीमध्ये ३ जनाको पहिचान खुल्यो

सम्पादकीय नोटः प्रवास खबरले यस समाचारमा टर्कीबाट युरोप छिर्ने क्रममा ग्रीसको उत्ररी सीमा नजिकै कार दूर्घटनामा मारिएका ५ नेपाली मध्ये तीनको पहिचान खुलेको समाचार सम्प्रेषण गरेको थियो। तर, पछिल्लो समय परिवार, एनआरएनए टर्की र ग्रीसस्थित नेपालीसँग भएको कुराकानीमा सबै नेपाली घाइते मात्र भएको र उहाँहरू उपचारपछि हाल सकुसल रहेको जानकारी प्राप्त भएको छ। असावधानीवस यस समाचारमा मृत्यु भएको भनिएका परिवारका सदस्य तथा हाम्रा पाठकलाई पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौं।
काठमाडौं। अवैध रूपमा टर्कीबाट युरोप प्रवेश गर्ने क्रममा टर्की र ग्रीसको उत्तरी सीमा नजिकै मारिएका ५ नेपालीमध्ये तीन जनाको पहिचान खुलेको छ। मारिने नेपालीमा लक्ष्मण सापकोटा, लोकनाथ आचार्य र ओम मगर छन्। बाँकी दुई जनाको पहिचान खुलेको छैन।
दूर्घटनामा घाइते भएकी एक नेपालीको पनि पहिचान खुलेको टर्कीस्थित एक विश्वस्त श्रोतले प्रवास खबरलाई जानकारी दियो। ती महिलाको नाम शर्मिला घले तामाङ हो। उनको अवस्था ‘क्रिटिकल’ छ। उनको सीमा नजिकैको अस्पतालमा उपचार भइरहेको छ।
गत शुक्रबार गैरकानुनी रुपमा टर्कीबाट युरोपेली देश ग्रीस प्रवेश गर्ने क्रममा ५ नेपालीको दुःखद निधन भएको थियो। यसअघि ग्रीस प्रहरीले १५ जना आप्रवासी बाकेर उत्तरपूर्वी सीमा नजिकै थेसालोनिकी शहरतर्फको राजमार्गमा शुक्रबार द्रुतगतिमा कुदेको गाडी दुर्घटनाग्रस्त भएको जानकारी दिएको थियो।
ग्रीस प्रहरीका अनुसार दूर्घटनाग्रस्त गाडीको चालक एक माल्दोभन थिए। राजमार्गमा पुलिसको पेट्रोलिङबाट बच्न उनले तीब्र गतिमा गाडी हकाएका थिए। प्रहरीले गाडीको पिछा गर्दा दूर्घटना भएको थियो। मध्यपूर्वबाट युरोप प्रवेश गर्ने सजिलो नाकाको रूपमा ग्रीसलाई लिने गरिन्छ। एसिया र मध्यपूर्वी देशका आप्रवासीहरू युरोप छिर्न टर्की र ग्रीसबीचको सिमानामा रहेको इभ्रोस नदी पार गर्ने गरेका छन्।
ताजा अपडेट
