टर्कीबाट अवैध रूपमा युरोप प्रवेश गर्न खोज्दा ५ नेपालीको दुःखद निधन, एक महिलाको अवस्था गम्भीर

टर्कीबाट अवैध रूपमा युरोप प्रवेश गर्न खोज्दा ५ नेपालीको दुःखद निधन, एक महिलाको अवस्था गम्भीर

सम्पादकीय नोटः प्रवास खबरले यस समाचारमा टर्कीबाट युरोप छिर्ने क्रममा ग्रीसको उत्ररी सीमा नजिकै कार दूर्घटनामा मारिएका ५ नेपालीको मृत्यु भएको समाचार सम्प्रेषण गरेको थियो। तर, पछिल्लो समय परिवार, एनआरएनए टर्की र ग्रीसस्थित नेपालीसँग भएको कुराकानीमा सबै नेपाली घाइते मात्र भएको र उहाँहरू उपचारपछि हाल सकुसल रहेको जानकारी प्राप्त भएको छ। असावधानीवस यस समाचारमा मृत्यु भएको भनिएका परिवारका सदस्य तथा हाम्रा पाठकलाई पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौं।

काठमाडौं। गैरकानूनी रुपमा टर्कीबाट युरोपेली देश ग्रीस प्रवेश गर्ने क्रममा ५ नेपालीको दुःखद निधन भएको छ। टर्कीको सीमा हुँदै ग्रीसको उत्तरी नाकाबाट युरोप छिर्न लागेका नेपालीको शुक्रबार कार दुर्घटनामा निधन भएको हो।

ग्रीस प्रहरीले १५ जना आप्रवासी बाकेर उत्तरपूर्वी सीमा नजिकै थेसालोनिकी शहरतर्फको राजमार्गमा शुक्रबार द्रुतगतिमा कुदेको गाडी दुर्घटनाग्रस्त भएको जानकारी दिएको थियो। प्रवास खबरलाई टर्कीको राजधानी इस्तानाबुलबाट प्राप्त सूचनाअनुसार गाडी दूर्घटनामा ५ नेपालीको घटनास्थलमै निधन भएको छ भने एक नेपाली महिलाको अवस्था गम्भीर छ।

‘त्यो घटनामा ५ नेपाली पुरुषको निधन भएको छ भने एक महिलाको अवस्था क्रिटिकल छ,’ नाम छाप्न अस्विकार गर्दै इस्तानाबुलबाट एक विश्वस्त श्रोतले प्रवास खबरलाई जानकारी दियो। मृत्यु हुनेमा दुई जना दोलखा निवासी छन् भने इराकबाट दुई जना टर्कीको बाटो हुँदै ग्रीस भित्रिने तयारीमा थिए।

ग्रीस प्रहरीका अनुसार दूर्घटनाग्रस्त गाडीको चालक एक माल्दोभन थिए। राजमार्गमा पुलिसको पेट्रोलिङबाट बच्न उनले तीब्र गतिमा गाडी हकाएका थिए। प्रहरीले गाडीको पिछा गर्दा दूर्घटना भएको थियो। मध्यपूर्वबाट युरोप प्रवेश गर्ने सजिलो नाकाको रूपमा ग्रीसलाई लिने गरिन्छ। एसिया र मध्यपूर्वी देशका आप्रवासीहरू युरोप छिर्न टर्की र ग्रीसबीचको सिमानामा रहेको इभ्रोस नदी पार गर्ने गरेका छन्।

यो पनि पढ्नुहोस्

अवैधरुपमा युरोप प्रवेश गर्न खोज्दा ७ आप्रवासीको निधन, एक नेपाली गम्भीर घाइते



No ads found for this position