घरेलु महिला कामदारलाई मृत्युको मुखमा पुर्याउने कुवेती श्रीमान–श्रीमतीलाई जेल सजाय

कुवेत। घरेलु कामदारसँग अमानवीय कार्य गर्दै मृत्युको मुखमा पुर्याउने एक कुवेती महिलालाई यहाँको स्थानीय अदालतले १० वर्ष जेल सजाय तथा श्रीमानलाई एक वर्षको जेल सजाय सुनाएको छ।
घरेलु कामदारविरूद्ध अमानवीय व्यवहार गरेको आरोपमा यी कुवेती लोग्ने–स्वास्नीविरूद्ध मुद्धा दर्ता भएको थियो। घरेलु महिला कामदारको कमजोरीको फाइदा उठाउँदै उनीविरूद्ध यी दुवैले अमानवीय काम गरेका थिए।
मुद्धामा दुवैविरूद्ध मानव तस्करीको आरोप पनि लागेको थियो। कुवेती महिलाविरूद्ध घरेलु कामदारलाई लगातार कुटपिट गरेको र शरीरमा आगो लगाएको आरोप पनि थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर