कतारको सूचीमा नेपाल अझै कोभिड संक्रमणको अति उच्च जोखिममा

कतारको सूचीमा नेपाल अझै कोभिड संक्रमणको अति उच्च जोखिममा कतारको स्वास्थ्य मन्त्रालय

दोहा । कतारले नेपाललाई अहिले पनि कोभिड–१९ संक्रमणको अति उच्च जोखिममा राखेको छ । कतारको स्वास्थ्य मन्त्रालयले नेपालसहित दश वटा देशलाई कोभिड संक्रमणको अति उच्च जोखिमा राख्दै संशोधित सूची सार्वजनिक गरेको हो।

स्वास्थ्य मन्त्रालयले अफ्रिकी मुलुक केन्यालाई सो सूचीबाट हटाउँदै इजिप्ट र दक्षिणी सुडानलाई थप गरेको छ। योसँगै अति उच्च जोखिम (एक्सेप्सनल रेड लिस्ट)को सूचीमा रहेका देशको संख्या ९ बाट बढेर १० पुगेको हो।

मन्त्रालयका अनुसार नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान फिलिपिन्स, इन्डोनेसिया श्रीलंका र सुडानलाई समेत कोभिड संक्रमणको अति उच्च जोखिम भएको देशको सूचीमा राखिएको छ।

त्यसैगरी ‘रेडलिस्ट’को सूचीमा रहेका देशको संख्या १५ बाट बढेर २१ पुगेको छ । यस्तै ग्रीन लिस्ट (सुरक्षित) मा रहेका देशको संख्या १ सय ८८ बाट घटेर १ सय ८१ पुगेको छ।

यसरी कोभिड संक्रमणको उच्च जोखिम सूचीमा रहेका मुलुकबाट कतार प्रवेश गर्ने यात्रीले क्वारेन्टाइनलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ ।