यूएईमा भूकम्पको धक्का

दुबई । खाडीमुलुक यूएईमा भूकम्पको धक्का महसुस भएको छ । यूएईको शारजाह र रस अल खेमामा आइतवार साँझ भूकम्पको धक्का महसुस भएको हो।
यूएईको नेशनल सेन्टर अफ मेटियोरोलोजी (एनसीएम) ले इरानको दक्षिणी भागमा आइतबार साँझ ४.०७ बजे गएको ६.२ म्याग्निच्युडको भूकम्पको धक्का भएको पुष्टि गरेको छ।
एनसीएमका अनुसार सो धक्काले देशको उत्तरी र पूर्वी भागमा कुनै गम्भीर असर परेको छैन। हल्का प्रभाव मात्र पारेको बताइएको छ।
त्यहाँका बासिन्दाले जुमेराह लेक टावर्स, नहदा, देइरा, बरशा, दुबई इन्भेष्टमेन्ट पार्क र डिस्कभरी गार्डेन लगायतका ठाउँमा ‘दुईदेखि तीन मिनेट’सम्मको कम्पन महसुस गरेको बताइएको छ।
रस अल खेमाबाहेक शारजाहको अल नहदा र कोर्निशमा पनि भुकम्पको धक्का महसुस गरिएको यूएईका सञ्चार माध्यमले जनाएका छन् ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर