सेवा निवृत्त विदेशीलाई आवासीय भिसा दिने यूएईको घोषणा

सेवा निवृत्त विदेशीलाई आवासीय भिसा दिने यूएईको घोषणा

दुबई । यूएईमा अवकास प्राप्त (सेवा निवृत्त) आप्रवासी श्रमिकले अबदेखि यहाँको आवास सुविधा पाउने भएका छन्।

यूएईको मन्त्रिपरिपषद्ले मंगलबार अवकास प्राप्त आप्रवासी श्रमिकलाई आवासीय सुविधा दिने कानूनको संसोधन गरेको हो।

यूएईका उप–राष्ट्रपति एव्म प्रधानमन्त्री तथा दुबईका प्रशासक शेख मोहमम्द बिन रसिद अल–मोक्तमले एक्सपो २०२० दुबईमा मन्त्रिपरिषद्को बैठकमा सभापतिको आसनबाट बोल्दै अवकास प्राप्त आप्रवासीलाई आवास (रेसिडेन्सी) प्रदान गर्ने घोषणा गरेका हुन्।

उनले यस विषयमा ट्वीट गर्दै भनेका छन्,‘हामीले हाम्रो देशमा सबैलाई स्वागत गर्दछौं।’

नयाँ संसोधन अनुसार त्यसरी आवासीय (रेसिडेन्सी) सुविधा प्राप्त गर्नको लागि केही शर्तहरु भने पूरा गर्नुपर्नेछ । जसअनुसार १० लाख दिराम वा सो भन्दा बढी सम्पत्ति (प्रोर्पटी) कुनै ईमिरेट्समा भएको हुनुपर्नेछ अथवा वार्षिक १० लाख दिराम वा सो भन्दा बढी रकम बैंक खातामा हुनुपर्नेछ । यस्तै वार्षिक१ लाख ८० हजार दिराम आयोश्रोत भएकोले पनि यो सुविाधा प्राप्त गर्नेछन् ।