बिछोडिएका परिवारको पुनर्मिलन गराउन मलेसिया र सिंगापुरले क्वारेन्टिन अनिवार्यता हटाउने

काठमाडौं- मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेन (भीटीएल) को शुभारम्भसँगै दुई देशहरू बीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाइएको छ।
मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको अर्थ बिछोडिएका परिवारहरूको पुनर्मिलन हुने अवसर हो।
दुवै देशले आआफ्ना जनतालाई खोप लगाउन र कोभिड-१९ महामारीको व्यवस्थापनमा गरेको महत्त्वपूर्ण प्रगतिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीहरूले क्रमशः सीमापार यात्राहरू पुनः सञ्चालन गर्न समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन्।
सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनले क्वालालम्पुर इन्टरनेशनल एयरपोर्ट (केएलआईए) र सिंगापुरको चाङ्गी एयरपोर्टबाट मात्र हवाई यात्रालाई समेट्नेछ।
यद्यपि, दुई देशलाई जोड्ने अन्य मार्गलाई पुनः सञ्चालन गर्न भने थप वार्ता आवश्यक हुने बताइएको छ।
ताजा अपडेट

अब १०–१५ दिनभित्र जिल्लाबाटै राहदानी

युरोपमा एनआरएनए विज्ञ सम्मेलन, ६ देश इच्छुक
