काजकिस्तानमा कोइला खानी विस्फोट, ६ जनाको मृत्यु

काजकिस्तानमा कोइला खानी विस्फोट, ६ जनाको मृत्यु

काठमाडौं- काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन्।

घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ।

मध्य एसियाली यस देशमा रहेको सो खानीमा आइतबार बिहान अचानक विस्फोट भएका थियो। दुर्घटना भएको अवस्थामा ६४ जना कामदार खानीभित्र रहेका र ५६ जना भने बाहिर निस्कन सफल भएका थिए।

आपतकालिन मन्त्री युरी इलिनको नेतृत्वमा सरकारी आयोग घटनास्थलमा पठाइएको जनाइएको छ। पूर्व सोभियत देशहरुमा कमजोर सुरक्षा व्यवस्था र पुरानो पूर्वाधारका कारण खानी दुर्घटनाहरू सामान्य जस्तो भएको पाइन्छ।

 



No ads found for this position