उत्तर कोरियामा जाडोको समयमा खाद्य संकट थप गम्भीर

उत्तर कोरियामा जाडोको समयमा खाद्य संकट थप गम्भीर

साओल- उत्तर कोरियामा जाडोको समयमा खाद्य संकट थप गम्भीर बन्दै गएको छ। उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका डिफेक्टरहरुले उत्तर कोरियाका कयौं परिवार भोकभोकै रहेको बताएका हुन्।

बीबीसीका अनुसार जाडोको समयमा खान नपाएर उनीहरुको ज्यानसमेत जान सक्ने डिफेक्टरहरुले बताएका छन्। त्यहाँका बालबालिकासमेत उच्च जोखिममा छन्।

समाचारमा जनाइअनुसार अनाथ बालबालिकाहरु खान नपाएर सडकमै मरिरहेको छन्। जाडोको समयमा झन् भोकमरी बढ्ने डिफेक्टहरुले बताएका छन्।

डेली एनकेका प्रधानसम्पादक ली साङ योङले भने, ‘सडकमा धेरै अनाथ बालबालिकाहरू भोकमरीले मर्ने गर्छन्। भोकमरीका कारण हुने मृत्यु लगातार बढ्दै गएको छ।

उनका अनुसार उत्तर कोरियामा तल्लो वर्गका जनताहरु बढी पीडित छन्। अपेक्षा गरेभन्दा बढी उत्तर कोरियामा खाद्यान्य अभाव रहेको उनले बताएका छन्।

खाद्यन्न तथा कृषिजन्य मलका लागि उत्तर कोरिया चीनसँग निर्भर रहँदै आएको छ। तर, चीनमा कोरोना फैलन थालेपछि उत्तर कोरियाले गएको वर्षको जनवरीदेखि संक्रमण रोक्न भन्दै ​सबै नाका बन्द गराएको छ। जसले गर्दा उत्तर कोरियाको जानकारी पाउन कठिन हुँदै गएको बीबीसीले जनाएको छ।

उत्तर कोरियाबाट सूचना पाउन निकै कठिन छ। तर, पहिले नै खाद्यन्न संकट झेलेको उत्तर कोरियामा कोरोना भाइरसको महामारीले थप समस्या ल्याएको बताइन्छ।

 



No ads found for this position