अमेरिकी राष्ट्रपति वाइडेनद्वारा दीपावलीको शुभकामना

न्यूयोर्क- अमेरिकी राष्ट्रपति जो वाइडेनले दीपावलीको अवसरमा शुभकामना दिएका छन्। राष्ट्रपति वाइडेनले बिहीबार दीपावली मनाइरहेको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै शुभकामना दिएका हुन्।
उनले दीपावलीको उज्यालोले हामीलाई अन्धकारबाट ज्ञान, बुद्धि र सत्यता, विभाजनबाट एकता, निराशाबाट आशाको स्मरण गराओस् भन्दै सबैमा शुभकामना व्यक्त गरेका छन्।
‘दीपावलीको उज्यालोले हामीलाई अन्धकारबाट ज्ञान, बुद्धि र सत्यता, विभाजनबाट एकता, निराशाबाट आशाको स्मरण गराओस्,’ उनले लेखेका छन्, ‘अमेरिका र विश्वभरका हिन्दू, सिख, जैन र बौद्ध धर्मावलम्बीहरूलाई पिपुल्स हाउसदेखि तपाईंसम्म, शुभ दीपावली।’
May the light of Diwali remind us that from darkness there is knowledge, wisdom, and truth. From division, unity. From despair, hope.
To Hindus, Sikhs, Jains, and Buddhists celebrating in America and around the world — from the People’s House to yours, happy Diwali. pic.twitter.com/1ubBePGB4f
— President Biden (@POTUS) November 4, 2021