विदेशीका लागि कुवेतले खोल्यो भिसाको प्रक्रिया

विदेशीका लागि कुवेतले खोल्यो भिसाको प्रक्रिया

कुवेत सिटी। कुवेत सरकारले आफ्नो देशमा बसोबास गरिरहेका विदेशी नागरिकले परिवारसँग भेटघाट गर्न पाउनु भन्ने उद्देश्यले भिसा पोलिसीलाई केही खुकुलो बनाएको छ।

उसले सरकारद्धारा मान्यता प्राप्त कोरोना भाइरसविरूद्ध खोपको पूर्ण डोज लगाउने विदेशी नागरिकको परिवारलाई भिसा उपलब्ध गराउने भएको हो। कुवेत सरकारले फाइजर, एस्ट्रा जेनिका, मोडेर्ना र जोनसन एण्ड जोनसन भ्याक्सिनलाई मान्यता दिएको छ।

सरकारले जारी गरेको विज्ञप्तीमा डिपेन्डेन्ट भिसा कुवेत आएका विदेशी नागरिकको श्रीमतीलाई मात्र उपलब्ध गराइने बताइएको छ। यस्तै, रोजगारीमा आएका र सरकारले तोकेको ५ सय कुवेती दिनारभन्दा माथि कमाइँ गर्ने व्यक्तिको हकमा उसको १६ वर्षभन्दा कम उमेरका छोराछोरी र परिवारलाई भिसा उपलब्ध गराउने बताइएको छ।

यस्तै, ५३ देशका नागरिकले कमर्सियल भिजिट भिसा, गभर्मेन्ट भिसा र इलेक्ट्रोनिक भिसा कुवेती दूतावासमार्फत प्राप्त गर्नसक्ने छन्।

मान्यता प्राप्त मेनपावर कम्पनीले भिजिट भिसा र वर्क परमिटका लागि अनलाइनमार्फत भिसाको आवेदन दिन पाउने पनि बताइएको छ। तर, यसका लागि उनीहरूले स्वास्थ्य विभाग र उड्डयन प्राधिकरणसँग सम्वन्य राख्नुपर्ने छ