अवैध मदिरा व्यापारमा संलग्न ३ नेपाली कुवेतमा पक्राउ

अवैध मदिरा व्यापारमा संलग्न ३ नेपाली कुवेतमा पक्राउ File Photo

कुवेत सिटी। गैरकानूनी रुपमा मदिराको व्यापार गरेको आरोपमा तीन नेपालीलाई कुवेत प्रहरीले पक्राउ गरेको छ।

सालमियाँ क्षेत्रको फुटपाथमा पार्किङ गरेर राखेको गाडीमा शंका लागेपछि स्थानीय प्रहरीले खानतलासी गर्दा ती नेपालीहरू अवैध मदिरासहित पक्राउ परेका हुन्।

नेपालीको गाडीबाट स्थानीय स्तरमा तयार पारिएको ९० वटा मदिराको खाली बोतल तथा विदेशी रक्सी बरामद भएको थियो। फुटपाथमा पार्किङ गरेर राखेको गाडीतर्फ बढेको प्रहरी देखेर ड्राइभर भाग्न खोजेका थिए। यसपछि प्रहरीलाई थप शंका लागेको थियो।

मदिरा गाडीको डिकीबाट बरामद भएको हो भने भाग्ने असफल प्रयास गरेका ड्राइभरको परिचय नेपाली भनेर खुलेको थियो। प्रहरीले ड्राइभरमार्फत नै पछि थप दुई नेपालीलाई पक्राउ गरेको हो।

प्रहरीले कानुनी उपचारका लागि उनीहरूलाई हिरासतमा राखेको छ।



No ads found for this position