म्यानपावर कम्पनीको बदमासीले २७ नेपाली यूएईमा अलपत्र

म्यानपावर कम्पनीको बदमासीले २७ नेपाली यूएईमा अलपत्र

दुबई। रोजगारीको लागि ‘भिजिट भिसा’ मार्फत संयुक्त अरब इमिरेट्स (यूएई) आएका २७ नेपाली अलपत्र परेका छन्। गत महिना काठमाडौंको टोखा सरस्वतीस्थित ‘फरेभर रिसोर्स सोलुसन’ म्यानपावरमार्फत यहाँ आएका उनीहरु अजमानमा अलपत्र परेका हुन्।

आफूहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर चर्काे रकम असुलेको अलपत्र परेका नेपालीहरूको दावी छ। ‘हामीलाई फरक–फरक काम देखाएर फरक–फरक मूल्य असुलेका छन्,’ अलपत्रमध्येका एकले प्रवास खबरसँग भने, ‘यूएई आएको १ महिना बितिसक्दा पनि हामीले काम पाएका छैनौं। जहाँ बसेका थियौं। त्यहाँबाट हामीलाई निकालेका छन्। हाम्रो अवस्था बिजोग छ।’

बिचल्लीमा परेका नेपालीहरूले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई शाखामा उद्धारका लागि पहल गरिदिन भन्दै निवेदन हालेका छन्। विचल्लीमा परेका अर्का एक नेपालीले आफूहरूले काम नपाएपछि म्यानपावर कम्पनीसँग बारम्बार फोन गरेको तर काम भइहाल्छ भन्दै एक महिना झुल्लाएको बताए।

यस विषयमा प्रवास खबरले म्यानपावरका प्रतिनिधि रवीन्द्र राईसँग थप जानकारी लिन खोजेको थियो। तर, उनी टेलिफोनमा उपलब्ध हुन चाहेनन्। एनआरएनए यूएई शाखामा दर्ता गरिएको निवेदनमा पिडित २७ नेपालीले उद्धार गरि नेपाल फर्किने वातावरण मिलाइदिन अनुरोध गरेका छन्।

अलपत्र पर्ने नेपालीको नाम यस प्रकार रहेको छः
१.हेमन्त वाडी
२.तिलक साउद
३.सरोज मोक्तान
४. दीपबहादुर थापा,
५.दिनेश राई
६.विवेक खड्का
७.धन बहादुुर श्रेष्ठ
८.इन्द्र बहादुर श्रेष्ठ
९.लोक बहादुर सिम्जाली
१०.टिकाराम चौधरी
११.जेतिश वि.क
१२. दान बहादुर मगर
१३. कृष्ण श्रेष्ठ
१४.जस बहादुर स्याङ्जाली
१५.पदम कुमार
१६.रुद्र बहादुर स्याङ्जाली
१७. राम बहादुर सारु मगर
१८. बिमल बोहोरा
१९. देवेन्द्र बोहोरा
२०. चन्द्र बोहोरा
२१. हरिलाल चौधरी
२२. विष्णु चौधरी
२३. लक्ष्मण कुमाल
२४. प्रकाश चौधरी
२५. नारायण साउद
२६. शेर बहादुर वान्टकी
२७. कर्ण बहादुर सिम्जाली