न्युयोर्कमा पसलभित्र बोतल बम हान्ने एक व्यक्ति पक्राउ

न्युयोर्कमा पसलभित्र बोतल बम हान्ने एक व्यक्ति पक्राउ सांकेतीक तस्वीर

न्युयोर्क। अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिन शहरको एउटा पसलमा बोतल बमद्धारा आक्रमण गरेको छ। आक्रामणका कारण पसलको सबै सामान जलेको छ। बोतल बम तिब्रगतिमा बाहिरबाट फ्याँकिएको भिडियो फुटेजमा देखिएको छ। पसलमा आक्रमण हुँदा दुई जना व्यक्ति भित्र थिए। एक जनालाई भने हल्का चोट लागेको बताइएको छ।

आक्रमणकारीलाई प्रहरीले तुरुन्त गिरफ्तार गरेको थियो। जसको पहिचान ३८ वर्षीय जोइल मंगल भएको बताइएको छ। मंगलसँग २ वटा बोतल बम थिए। पहिलो बोतल बम उनले पसलभित्र फ्याँकेका थिए भने अर्को फ्याँक्न असफल रहे। उनलाई बाटोबाट हिँडिरहेका एक व्यक्तिले दोस्रो बोतल फ्याँक्न रोकेका थिए।

ब्रुकलिन शहरका कमिश्नर डेनियल निग्रोले घटनाको तीन मिनेटमा दमकल घटनास्थल पुगेको बताएका छन्।