ओकस सम्झौताः अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले आफूसँग झुट बोलेको फ्रान्सेली राष्ट्रपति माक्रोँको आरोप

ओकस सम्झौताः अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले आफूसँग झुट बोलेको फ्रान्सेली राष्ट्रपति माक्रोँको आरोप

सिड्नी- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनडुब्बी सम्झौताका मा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले झुट बोलेको आरोप लगाएका छन्।​

हालै अर्बौं डलरको पनडुब्बी निर्माणको एक सम्झौताका कारण अष्ट्रेलिया र फ्रान्सबीचको सम्बन्धमा तनाव निम्तिएको छ। अष्ट्रेलियाले फ्रान्ससँग १२ पनडुब्बी बनाउनका लागि एउटा सम्झौता रद्द गरेर अमेरिका र बेलायतसँग एउटा नयाँ रक्षा सम्झौता गरेको थियो। यो सम्झौतालाई ओकस भनिँदैछ। यसमा अष्ट्रेलियाको परमाणु ऊर्जाबाट पनडुब्बी बनाउने प्रविधि दिइनेछ।

यो निर्णयमा फ्रान्सले असन्तुष्टि जनाउँदै यसलाई ‘पिठेयूँमा चक्कू घोपेको’ जस्तो भनेका थिए। फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो।

तर, म्याक्रोंलाई स्कट मोरिसनले के तपाईंसँग झुटो बोलिरहेको छ भन्ने लाग्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मलाई यो लाग्दैन मात्रै मलाई यो राम्रोसँग थाहा छ।’

गत सेप्टेम्बरमा उक्त विवाद सुरु भएपछि माक्रोँ र मोरिसनबीच पहिलो पटक जी२० शिखर सम्मेलनमा भेट भएको थियो।

रोममा आयोजित सम्मेलनको छेकोमा राष्ट्रपति माक्रोँलाई अस्ट्रेलियाका एक पत्रकारले के उनी मोरिसनलाई पुनः विश्वास गर्न सक्छन् भनेर सोधेका थिए।

‘उनी के गर्छन् त्यो हामी हेर्नेछौँ,’ माक्रोँले भने, ‘तपाईँको देशप्रति मेरो ठूलो सम्मान छ। तपाईँका देशका जनताप्रति मेरो धेरै सम्मान र धेरै मित्रता छ। मे के भन्छु भने सम्मान हुँदा हामी सत्यनिष्ठ हुनुपर्छ र सधैँ त्यही मूल्यमान्यताअनुरूप व्यवहार गर्नुपर्छ।’