वैदेशिक लगानी भित्र्याउन एनआरएनएलाई प्रधानमन्त्री देउवाको आह्वान

वैदेशिक लगानी भित्र्याउन एनआरएनएलाई प्रधानमन्त्री देउवाको आह्वान

लण्डन- बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन्। नेपाली दूतावास लन्डनमा शनिबार बिहान एनआरएन यूकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो आह्वान गरेका हुन्।

‘एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘अरु के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु। एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको छ। भिषाका लागि झन्झट गर्नु पर्दैन।’ अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताए। उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए।

एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बद्ल्नुपर्ने हुन्छ। त्यो तत्काल सम्भवन नहुने प्रधानमन्त्री देउवाको भनाइ थियो।

त्यसअघि एनआरएनए यूकेले प्रधानमन्त्री देउवाले ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरु राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्मा र लगायत, एनआरएनए यूकेका पदाधिकारीहरुको उपस्थिति थियो।