पूर्वपत्नीको चरित्र हत्या गर्ने पतिलाई यूएईमा ६० हजार दिराम जरिवाना

आबुधाबी। आफ्नो पूर्वपत्नीको विषयमा अनर्गल प्रचार गर्ने तथा ‘वाट्स ऐप’ मार्फत ज्यान मार्ने धम्की दिएका आबुधाबीका एक स्थानीयलाई यूएईको अदालतले क्षतिपूर्तिस्वरुप महिलाको परिवारलाई ६० हजार दिराम तिर्न आदेश दिएको छ।
महिलाका पिताले परिवारलाई मानसिक उत्पीडन गरेको भन्दै ती युवाविरूद्ध अदालतमा १० लाख दिरामको क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेका थिए। जसमा अदालतको यो निर्णय आएको हो।
परिवारमा खटपट भएपछि ती युवाले ३ वर्षअघि आफ्नो छोरीसँग पारपाचुके गरेको पिताको भनाइ थियो। तर, यति हुँदा पनि ती युवाले आफ्नो छोरीलाई उत्पीडा दिन नछोडेको र लगातार तेजोबोध गर्ने गरेको पिताको आरोप थियो। यी दम्पतिबाट ५ केटाकेटी जन्मिएका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर