लाइसेन्सको अनलाइन आवेदन पुनः बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ।
खुलेको तीन दिनमै प्रणालीमा प्राविधिक समस्या आएको भन्दै मर्मत लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ।
विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ।
ताजा अपडेट

प्रवास खबर
अदालतको फैसला स्वीकार्य छ : रवि लामिछाने

प्रवास खबर