ड्रग्स मुद्धामा शाहरुखका छोरा २५ दिनपछि जेलबाट रिहा

ड्रग्स मुद्धामा शाहरुखका छोरा २५ दिनपछि जेलबाट रिहा

मुम्बई । क्रुज ड्रग केसमा भारतको मुम्बईस्थित आर्थर रोड जेलमा राखिएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान धरौटीमा रिहा भएका छन्। मुम्बईस्थित उच्च अदालतले आर्यनलाई शुक्रबारबाट जमानतमा छाड्ने फैसला गरेको हो।

बिहीबार दिउँसो ३ बजे सुरु भएको सुनुवाइपछि उच्च अदालतले आर्यनलाई हाललाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो। यसअघि दुई पटकसम्म आर्यनको रिहाइका लागि गरिएको निवेदन अदालतले अस्वीकार गरेको थियो।

आर्यनलाई भारतको राष्ट्रिय लागु औषध अनुसन्धान ब्यूरोले ३ अक्टोबरमा एक जहाजबाट पक्राउ गरेको थियो।