पत्रकारमाथि भएको दुर्व्यवहारप्रति आयोजकद्धारा क्षमायाचना

पत्रकारमाथि भएको दुर्व्यवहारप्रति आयोजकद्धारा क्षमायाचना

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसीको विश्व भेलाको निस्कर्ष भन्दै आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकारद्धय चिरन शर्मा र श्याम लुइटेलमाथि भएको दुर्व्यवहारप्रति आयोजकले क्षमायाचना गरेको छ।

एनसीसीको विश्व भेला आयोजक समितिको तर्फबाट एनआरएनए अमेरिका प्रवक्ता तोया दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेका हुन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा बेलायत शाखाका अध्यक्ष प्रेम गाहा मगरले पत्रकारद्धय शर्मा र लुइटेलमाथि अभद्र टिप्पणी गरेका थिए। जसको विश्वव्यापी आलोचना भएपछि आयोजकले क्षमायाचना गर्नुपरेको हो।

बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी स्वतन्त्र पत्रकारिताप्रति प्रतिबद्ध छौं र पत्रकारहरुको प्रश्न गर्न, आलोचना गर्न, टिकाटिप्पणी गर्न पाउने अधिकारको सधैँ सम्मान गर्दछौ।’

एनआरएनएको इतिहासमा संस्था कठिन मोडमा उभिएको बेला वर्तमान संकटबाट निकास दिन सदा झैँ पत्रकार मित्रहरुको साथ, सहयोग, सुझाव एवं सल्लाह प्राप्त भैरहने विज्ञप्तीमा उल्लेख छ।

बेलायत शाखाका अध्यक्ष मगरले पत्रकार सम्मेलनमा टिप्पणी गर्ने पत्रकारद्धयलाई ‘जरैदेखि उखेलेर फ्याक्ने’धम्की दिएका थिए।

यो पनि पढ्नुहोस्

पत्रकारलाई धम्की दिने एनआरएनए यूकेका अध्यक्ष गाहा मगरको प्रवृत्ति ‘अलोकतान्त्रिक’